शुक्रबार, बैशाख १४, २०८१

उपत्यकामा बढ्दो कोभिड संक्रमितको रफ्तार , थप ४६४ जनामा संक्रमण पुष्टि

काठमाडौं भाद्र २४ ,
बुधबार देशका विभिन्न प्रयोगशालामा ११ हजार १६७ जनाको गरिएको पिसिआर परीक्षणको क्रममा थप १०८१ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको जनाउदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पुष्टि भएको संक्रमितसंगै  नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार आज पहिचान भएका संक्रमित मध्ये काठमाडौंमा ३९४ , भक्तपुरमा ३६ र ललितपुरमा ३४ जना समेत गरि उपत्यकामा थप ४६४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ । स्मरण रहोस :  उपत्यकामा पहिचान संक्रमित पहिचान भएको यो संख्या उपत्यकामा एकै दिन देखिएको अहिलेसम्मकै दोस्रो उच्च सख्या हो ।

त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ४८० जना रहेकाृ छ भने संक्रिय संक्रमितको सख्या १५ हजार नाघेको छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार ३७ जना रहेको जानकारी मन्त्रालयले दिएको छ । संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको निधन भएसंगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३१२ पुगेको छ । मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेका छन । जसमा काठमाडौँको ८३ र ६७ वर्षीय संक्रमित , कास्कीको ७३ वर्षीया, बाँकेको ८० वार्षीया महिला र नवलपरासीको ६४ वर्षीय र अर्घाखाँचीको ४२ वर्षीय पुरुष रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।