बिहिबार, बैशाख १३, २०८१

उपत्यकामा थप ७११ जनामा कोभिड संक्रमण, उपत्यकाका ५ सहित थप ११ जनाको मृत्यु

काठमाडौं असोज ३,
शनिबार देशका विभिन्न प्रयोगशालामा १० हजार ३३३ जनाको पिसिआर परीक्षणको क्रममा थप १हजार २०४ जनामा कोभिड संक्रमण पुष्टिभएसंगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले आज पहिचान भएका नयाँ संक्रमित मध्ये काठमाडौं, भक्तपुर र ललितपुर गरि ७११ जना रहेको र यसमध्ये काठमाडौँमा ५७०, भक्तपुरमा ८३ र ललितपुरका ५८ जना रहेको जनाएको छ।

त्यस्तै मन्त्रालयले कोभिड संक्रमणका कारण ७ जना महिला र ४ जना पुरुष गरि देशभर थप ११ जना संक्रमितको मृत्यु भएको र यसमध्ये उपत्यकाका ५ जना रहेको जानकारी दिएको छ । मृत्यु हुनेमा काठमाडौँकी ७७ वर्षीया ७५ वर्षीय ,ललितपुरका ७३ र ६८ ,६० वर्षीय,रहेका छन ।