शुक्रबार, चैत्र १६, २०८०

उपत्यकाका ४ सहित ११ को मृत्यु , थप १ हजार ४ सय ५९ जना नयाँ संक्रमितको पुष्टि

काठमाडौं भाद्र ३० ,
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा १० हजार ३७५ पीसीआर परीक्षणको क्रममा थप १ हजार ४ सय ५९ जनामा कोभिड संक्रमित थपिएसंगै नेपालमा कोभिड संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  त्यस्तै मन्त्रालयले आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको जानकारी दिएको छ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोभिड मुक्त हुँदै डिस्चार्जभएसंगै डिस्चार्ज हुनेको संख्या ४० हजार ६३८ पुगेको जानकारीदिनुको अलावा क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार २५० जना र सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ७,६४० जना रहेको बताएको छ ।

साथै देशभर संक्रमणका कारण गम्भीर अवस्थामा पुगेको १७४ जना संक्रमितको  आइसीयूमा र हने कोरोना संक्रमित देशभर र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । त्यस्तै संक्रमणका कारण काठमाडौका ४ जना सहित थप ११ जनाको निधन भएसंगै मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । मृत्यु हुनेमा काठमाडौको ३४, ९६ र ६६ वर्षीय र ८६ वर्षीया, सिराहा ३५ वर्षीया, वारा ५५ वर्षीया, रुपन्देहीको ६५ वर्षीया, महिला, सर्लाहीका ६४ वर्षीय, मकवानपुरका ६१ वर्षीय, वाराका ५५ वर्षीय कपिलवस्तुका ५८ वर्षीय रहेको मन्त्रालयले जनाएको छ ।