शुक्रबार, चैत्र १६, २०८०

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौ असोज १ ,
आज १२ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको छ। प्रधानमन्त्री केपी ओलीले आज १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको प्रमसचिवालयले जनाएकेछ ।

आजको बैठकले मुलत असोज ३ गते मनाइने संविधान दिवसकाको अवसरमा वितरण गरिने विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस संगै ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयको प्रस्तावमा सेवा निवृत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नियुक्त गर्ने प्रस्ताव उपर नितिगत निर्णय हुने बुझिएकोछ ।

त्यस्तै पछिल्लो समय बढ्दो कोभिड कहरको सवालमा समेत सरकारले थप छलफल गर्ने बुझिएको छ ।