बिहिबार, बैशाख १३, २०८१

 अप्रिय घटना नियन्त्रणका लागि सजकता अपनाउन कीर्तिपुर प्रहरीको अनुरोध

अनुप प्रधान
काठमाडौं असोज १४ ,

बढ्दो कोभिड कहरकावीच आसन्न् नेपालीमात्रको महान चाडपर्व विकृति र विसंगतिमुक्त बनाई सभ्य, भव्य एवं हर्षोल्लासकासाथ मनाउने बातावरण तयारी गर्ने कार्यमा सहयोग गर्न महानगरीय प्रहरी बृत्त कीर्तिपुरले किर्तिपुरवासीलाइ आग्रह गरेको छ ।

चाडपर्वको अवसर संगै विभिन्न वहानामा हुने गरेको चोरी, लुटपाट, पाकेटमार, ठगी, झैँझगडा, कुटपिट, महिला हिंसा, गुण्डागर्दी, सार्वजनिक स्थानहरुमा अभद्र व्यवहार, अत्यधिक मदिरा सेवन, जुवातास, सवारी दुर्घटना, बालबालिका तथा महिला हराउने लगायतका अप्रिय घटना हुने गरेको जिकिर सहित वर्ष २०७७ को चाड पर्वको अवसरमा त्यस्तो कुनै पनि अप्रिय घटना नहोस भन्ने जागरण सहित आम नागरिकलाई विशेष सजगता अपनाउन आग्रह गरेको हो ।

प्रहरी बृत्त कीर्तिपुरका बृत्त प्रमुख रुकेश तण्डुकारले आज आयोजित पत्रकार सम्मेलन मार्फत ११ बुँदे सर्वाजनिक अपिल मार्फत चाड पर्वको वेलामा सावधानी अपनाउन आवश्यक सुरक्षा उपायको विषयमा सजकता अपनाउन कीर्तिपुरका आम नागरिक समाज समक्ष विशेष अनुरोध गर्नुभएको छ ।

यस्तो छ ११ बुँदे अपिल

त्यस्तै उहाँले आम सर्वसाधारणलाइ आफ्नो टोल छिमेकमा त्यस्तो कुनै पनि अप्रिय घट्ना हुन सक्ने शंका लागेमा वा जानकारी प्रहरी सहयोगका लागि अहोरात्र क्रियाहील रहेको यस्तो समयमा जुनसुकै स्थानबाट भएतापनि तत्कालै नेपाल प्रहरीको हट लाईन नंम्बर १०० फोन गरी जानकारी गराउनु समेत आग्रह गर्नु भएको छ।