शनिबार, बैशाख ८, २०८१

अकूत सम्पत्ति कमाएको अभियोगमा इन्जिनियर गुप्तासहित निजका दुइदर्जन भन्दा बढि आफन्त विरुद्ध मुद्धा दायर

काठमाडौं भाद्र २५ ,

संघीय आयोजना कार्यान्वयन एकाई विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुप्ता सहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएकेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी गैरकानूनी तवरले रु १६ करोड ७२ लाख ५६ हजार ४९६ बराबरको सम्पत्ति कमाएको अभियोगमा निजहरुविरुद्ध मुद्धा दायर गरिएको हो ।

आयोजनाका अनुसार २०३८ पुस १२ गते ओभरसियर पदबाट सरकारी सेवा प्रवेश गरेका गुग्ताले २०७६ असार ५ गतेसम्म पदमा बहाल रहँदासम्म गैरकानुनी तवरले सम्पत्ति आर्जन गरेको अनुसन्धानको क्रमम पाईएको जनाएकोछ ।

त्यस्तै निजको वैध आयको तुलनामा स्रोत नखुलेको सम्पति पाइएसंगै गुग्ताका आफन्तहरु अन्जुकुमारी महतो, उदितनारायाण प्रसाद रौनियार, चन्द्रेश्वर महतो, धिरजकुमार गुप्ता, प्रितीकुमारी गुप्ता, डा रचनाप्रसाह साह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगिता साह रौनियार र सन्तोषकुमार गुप्ताको नाममा खाता खोली रु १० करोड ४४ लाख ४३ हजार ७८३ बराबरको रकम लुकाई छिपाई राखेको जनाउदै निजहरुको सम्पत्ति समेत जफत गरी हदैसम्मको कारवाहीको माग दायर मुद्धामा गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।