मङ्लबार, कार्तिक ११, २०७७

प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार श्रेष्ठलाई

प्रेस काउन्सिल नेपालले यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार  यसपटक दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गर्ने भएको छ । काउन्सिलका पूर्वअध्यक्ष गोपालदास श्रेष्ठका स्मृतिमा स्थापित रु एक लाख ५१ हजार राशिको उक्त पुरस्कार काउन्सिलको ५१ औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार राष्ट्रपति कार्यालय शीतल निवासमा हुने वार्षिकोत्सव समारोहमा पुरस्कार वितरण हुने काउन्सिलले जनाएको छ ।गत वर्ष प्रस्तुत पुरस्कारबाट ‘हाँक’ साप्ताहिकका सम्पादक गोविन्दबहादुर थापालाई सम्मानीत गरिएको थियो ।

यस्तै रु एक लाख १० हजार राशिको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहोरालाई र रु ५० हजार राशिको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकमलाई प्रदान गरिने भएको छ ।

यस्तै  जनही रु २० हजार राशिको  प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार गोविन्द क्षेत्री [झापा] राजन कार्की [काठमाडौ], धर्मेन्द्र कर्ण [धनुषा] , ऋषि धमला [धादिङ], उमेश श्रेष्ठ [काठमाडौ] , दीपेन्द्र श्रेष्ठ [कास्की] र नितु पण्डित [काठमाडौ] ले पाउने भएका छन् ।

यस्तै  रु १५ हजार राशिको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार १४ जनालाई प्रदान गरिने छ ।  उक्त पुरस्कार सटेन्द्र जबेगु [इलाम], सुरेशचन्द्र अधिकारी [चितवन], माधव पौडेल [काठमाडौ], गणेश चौधरी [कैलाली], गिरिजा अधिकारी [मकवानपुर], राजु विक[सिरहा], कमला श्रेष्ठ [काठमाडौ], राजन सिंह [धनुषा], देवीकुमारी गुरुङ [रोल्पा], रेणु पराजुली [उदयपुर], दीपेन्द्र वली [सुर्खेत], शेरबहादुर थापा [सुर्खेत], राधिका कँडेल [फोटो पत्रकार, कास्की] र शान्ता कमली [लमजुङ] लाइ दिइने भएको छ ।

यसैगरी जनही रु २० हजार राशिको प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार नवप्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिका र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार वाम्बुले राई भाषाका लागि ओखलढुङ्गा पत्रकार गणेश राईलाइ दिइने भएको छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031