काठमाडौं असोज १२ ,
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै ठगी धन्दा गर्दै आइरहेका व्यक्ति र समूहलाइ पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसँग सहयोग माग गरेको छ । विभागले प्रतिबन्धित नेटवर्किङ व्यवसाय सञ्चालन सम्बन्धमा प्रारम्भिक अध्ययन सहित दुइदर्जन भन्दा बढि कम्पनी र ५० भन्दा व्यक्तिलाई पक्राउ गर्न गत मंगलबार नाम र सम्पर्क नम्बरसहित सिआइबीलाइ पत्राचार गरिसकेको जनाएको छ ।
त्यस्तै विभागले केही नेपाली एवं विदेशी कम्पनी तथा व्यक्तिले गैरकानूनी रुपमा डगी नेटवर्किङ व्यवसाय गरी नेपाल तथा विदेशमा रहेका नेपालीसमेतलाई आबद्ध गरी ठगी गरेको उजुरी आएसंगै यस किसिमको कारवाही प्रक्रिया शुरु गरिएको जनाएको छ ।
त्यस्तै विभागले यस किसिमको ठगी धन्दामा संलग्न व्यक्ति तथा कम्पनीका जिम्मेवार व्यक्तिलाई नियन्त्रणमा लिएर सिआइबीले विभागमा उपस्थित गराएसंगै आवश्यक कारवाही गरिने जनाएको छ । स्मरण रहोस ,पिरामिडमा आधारित कुनैपनि सञ्जालयुक्त नेटवर्किङ व्यवसाय गर्न नपाउने प्रावधान छ ।