बिहिबार, मंसिर ११, २०७७

दुई विदेशी कम्पनी सहित गुणस्तरहीन ह्यान्ड स्यानिटाइजर उत्पादन गर्ने ४ कम्पनीलाइ कारवाही

विषाक्त स्यानिटाजर उत्पादन गर्ने उद्योगको स्यानिटाजर प्रयोग नर्गन सार्वजनिक आव्हान

काठमाडौं भाद्र ३१
गत  सोमवार  गुणस्तरहीन स्यानिटाजर उत्पादन र विभागको तर्फबाट हुने गरेको नियमन सम्बन्धमा विद्यमान वेतिथी सहितको विस्तृत रिपोर्ट प्रकाशित गरेको दुइ दिन पछि औषधि व्यवस्था विभागले दुई नेपाली र दुई विदेशी कम्पनी गरी ४ गुणस्तरहीन ह्यान्ड स्यानिटाइजर उत्पादन गर्ने कम्पनीलाइ कारवाही गरको छ ।

विभागले कारवाही गरिएको स्यानिटाजर कम्पनीमा चिनियाँ कम्पनी ओबेपेकल र भारतीय कम्पनी आरएल क्रप ,ललितपुरस्थित सम्पदा हेल्थकेयर र काठमाडौंस्थित श्रीनाथ हर्बल कस्मेटिक इण्डष्ट्री रहेको जनाउदै यस् कम्पनीले र उद्योगले उत्पादन गरेका स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मिथानोल र इथानोल जस्ता विषाक्त रसायन सहित उत्पादित स्यानिटाजर उत्पादन गर्दै मानव स्वास्थ्यमा खेलवाड गर्दै आएका ४ उद्योगलाइ कारवाही गरिएको जनाएको छ ।

चिनियाँ कम्पनी ओबेपेकल नन्वासिङ एन्टिब्याक्टेरियल सोलुसनको १२० एमएलको स्यानिटाइजर , भारतीय कम्पनी आरएल क्रपले उत्पादन गरेको पामाकियर इस्ट्यान्ट ६० एमएलको ह्यान्ड स्यानिटाइजर, सम्पदा हेल्थकेयरले उत्पादन गरेको सासा इस्ट्यान्टको ५० एमएलको ह्यान्ड स्यानिटाइजर र श्रीनाथ हर्बल कस्मेटिक इण्डष्ट्रीले काठमाडौँले उत्पादन गरेको ६५ एमएलको स्यानिटाइजरमा स्यानिटाइजर उत्पादनका लागि निर्धारन गरेको मापदन्ड विपरित रहेको प्रयोगशाला परीक्षणको क्रममा पाईएको जनाएको छ ।

त्यस्तै यसअघि पनि विभागले यस्तै विषाक्त स्यानिटाजर उत्पादन गर्ने ५ उद्योगलाइ कारवाही गर्दै उत्पादित स्यानिटाजर प्रयोग नर्गन सार्वजनिक आव्हान गरेको थियो । साथै यसपटक पनि बजारमा विक्री वितरण भइरहेको प्रस्तुत ४ कम्पनीले उत्पादित स्यानिटाजरको प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै तत्काल बजारमा बिक्री वितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान निर्देशन दिइएको छ ।

अकर्मण्यता सहित औषधि व्यवस्था विभाग दवाव र प्रभावको सिकन्जामा

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031