काठमाडौं असोज १२ ,
देशभरमाका विभिन्न प्रयोगशालामा १० हजार ८० जनाको कोभिड परीक्षणको क्रममा नेपालमा थप १ हजार ३ सय ५१ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै संक्रमित हुनेको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज पहिचान भएका संक्रमित मध्ये ९ सय १५ पुरुष र ४ सय ३६ महिला रहेको जानकारी समेत मन्त्रालयले दिएको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको जानकारीदिदै मन्त्रालयले आज संक्रमण पुष्टि भएका मध्ये काठमाडौं उपत्यकाका बढि रहेको जनाएकोछ । जसअनुसार काठमाडौमा ४ सय ६९ ,ललितपुरमा १ सय ३२ र भक्तपुरमा ३६ जना गरी उपत्यकामा मात्र ८ सय १७ जना रहेको अवस्था छ । साथै १९ हजार ६ सय २४ जना आइसोलेसनमा रहको छन । तिमध्ये १० हजार ९ सय २९ होम आइसोलेसनमा र ८ हजार ६ सय जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएके छ । त्यस्तै देशभर आइसीयूमा २ सय २५ जनाको उपचार भइरहेको छभने ३१ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ७ सय ४२ जना संक्रमण मुक्त हुँदै डिस्चार्जभएसंगै संक्रमण मुक्त हुनेको सख्या ५४ हजार ६ सय ४० पुगेको छ ।
त्यस्तै संक्रमणका कारण थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष छ । सुनसरी र भक्तपुरमा एक–एक महिला र बाँके र गुल्मीमा एक–एक पुरुषको रहेको र योसंगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ सय ८१ पुगेको मन्त्रालयले जनाएको छ ।