बिहिबार, कार्तिक ६, २०७७

थप १५ सय ७३ जनामा कोभिड संक्रमण, थप १० जनाको मृत्यु , ८ सय ८५ जना उपचारपछि डिस्चार्ज

काठमाडौं असोज ११ ,

पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १० हजार १२३ जनाको पीसीआर परीक्षणको क्रममा थप १५ सय ७३ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले देशभर थप ८ सय ८५ जना उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ५३ हजार ८९८ पुगेको र पछिल्लो डेटा अनुसार देशभरका क्वारेनटिनमा ६ हजार २८१ जना होम आइसोलेसनमा १० हजार ६१९ जना र संस्थागत आइसोलेसनमा ८ हजार ३२१ जना रहेको जनाएको छ । त्यस्तै संक्रमणका कारण गम्भीर भएका २२५ जना संक्रमितको आइसीयूमा २२५ र ३३ जनाको भेन्टीलेटरमा उपचार हुँदै गरेको जनाएको छ ।

त्यस्तै काठमाडौँ उपत्यकाका ५ जनासहित देशभरमा थप १० जनाको संक्रमणका कारण मृत्यु भएको छ । यो संगै संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ। मृत्यु हुनेमा काठमाडौका १ महिलासहित ३, ललितपुरका २, बर्दियाका २, बारा,रुपन्देही र अछामका १/ १ जना रहेको मन्त्रालयले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031