बिहिबार, कार्तिक ६, २०७७

थप १३ सय १३ जनामा कोभिड संक्रमण ,१४ सय ५५ जना उपचारपछि डिस्चार्ज

काठमाडौ असोज ९,
देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार २६२ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १३ सय १३ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेका छन भने होम आइसोलेसनमा बस्नेको संख्या १० हजार ५२ जना रहेको मन्त्रायले जनाएको छ।

त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ४६४ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै देशभर थप १४ सय ५५ जना उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ५१ हजार ८६६ पुगेको जानकारी दिएको छ ।त्यसैगरी देशभरका अस्पतालका आइसीयूमा २२७ जना र भेन्टीलेटरमा ३९ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यसैवीच सक्रमणका कारण ६ जनाको मृत्युभएको ज्यान गएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031