शुक्रबार, कार्तिक १४, २०७७

कैदीबन्दी जैसवालको अस्पताल आइपुग्दा नै मृत्यु भइसकेको जनाउसंगै घटना थप शंकास्पद

काठमाडौं असोज ८ , अन्तत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले केन्द्रीय कारागारका कैदी रामलखन जैसवालको अस्पताल आइपुग्दा मृत्यु भइसकेको बताएको छ । प्रतिनिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा प्रतिष्ठानका उपकूलपति देवनारायण साहलेले कारागार प्रशासनले राती १०ः५५ बजे ल्याउँदा नै उहाँको मृत्यु भएको पाइएको खुलासा गरेको हो ।

यसअघि अस्पतालमा भर्ना गरेको २५ मिनेट पछि जैसवालको मृत्यु भएको जनाउ दिदै आएको अस्पतालले आफन्तले भने अस्पतालको प्रष्टोक्ति अस्वीकार गर्दै उनको मृत्यु नभइ हत्या भएको बताउँदै घटनाको सुक्ष्म छानविन गर्न  र शवको पोष्टमार्टम गर्न माग गर्दै गर्दा प्रतिनिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा अस्पतालका उपकूलपति शाहले यस्तो अभिव्यक्त दिनु भएको हो ।

त्यस्त्ै सरकाले कुनै पनि किसिसिमले मृत्युभएपनि मृतकको कोभिड परिक्षण नगर्न अस्पतालहरुलाई निर्देशन दिइसकेको अवस्थामा सरकारी निर्देशनविपरित मृतकको कोभिड परीक्षण् गर्नु आफैमा शंकास्पद देखिनुको अलावा निजको आफन्तको मोवाइलमा कैद भएको जैससवालको शवको दृष्यले घटनालाइ थप शंकास्पद बनाएको अवस्था छ ।

त्यस्तै बैठकमा समितिकी सदस्य अञ्जना बिसङ्खेले जैसवालको मृत्युका बारेमा फैलिएको हल्लाका बारेमा सत्यतथ्य आउनुपर्नेमा जोड दिदै तत्काल जैसवाल मृत्यु प्रकरणको सार्वजनिक गनुपर्ने बताउनुभएको प्राप्त समाचारमा उल्लेख  गरिएकोछ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031