शनिबार, माघ ३, २०७७

कपन लुटपाट घटनामा नयाँ मोड, यस्तो छ लुटेरा समूहको कनेक्सन

काठमाडौ  ,

समाजमा पछिल्लो समय दिनानुदिन बढ्दो अनेकन अपराधिक क्रियाकलापमा संग्ल्गन रहेको आरोपमा पटकपटक सजाय भोगेका सिन्धुपाल्चोकका सुमन श्रेष्ठ राजधानीको कपनमा केहि समय अघि सुन किन्ने नाममा भएको लाखौं रकम लुटपाट प्रकरणमा समेत जोडिएको आशंका गरिएको छ ।

प्रहरीका अनुसार यसअघि प्रहरी रेकर्डमा लागुऔषध मुद्दा मात्र नभइ , राजधानीमा हुने पाकेटमार समूहका नाईके भनेर उनको नाम दर्ता रहेको र उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा समूह नै बनाएर श्रेष्ठले पाकेटमारीको धन्दा सञ्चालन गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यस्तै पछिल्लो घटना अन्र्तगत कपन लुटपाट घटनाका लुटेरा समूहसँग समेत कनेक्सन देखिएपछि उनीमाथि समेत प्रहरीले थप निगरानी बढाएको थाहा भएको छ ।

स्मरण रहोस केहि दिन अघि प्रहरीले कपनस्थित आनीगुम्बा नजिकै ‘सुन किन्न’ गएका उदयपुर चौदण्डीका निराहाङ राईको लाखौं रकम लुटपाट गर्ने समूहका अभियुक्तमध्ये चार जना सिन्धुपाल्चोक जिल्लाका रहेको यसमध्ये दुइ जनाको कनेक्सन सिन्धुपाल्चोकका श्रेष्ठसँग देखिएको प्रहरीले जनाएको छ ।

प्रहरी अधिकारीकाअनुसार लुटपाट घटनामा पक्राउ परेको अपराधीको कनेक्शन देखिएसंगै कतै सुमनकै डिजाइनमा लुटपाट भएको होकी भन्ने कोणबाट समेत थप अनुसन्धान अघि बढाएको जानकारी दिएको छ। अनुसन्धान अधिकारीका अनुसार एकातर्फ चन्दा आतंक सहित अनेकन अपराधिक घटनामा सुमनको सक्रियता रहनु त्यसमाथि लुटपाट घटनाको कनेक्शन समेत देखिनुले घटनाको नयाँ मोड आएको प्रहरीले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031