शुक्रबार, कार्तिक ७, २०७७

आजमात्रै थपियो उपत्यकामा ६१८ जना कोभिड संक्रमित

काठमाडौं असोज १,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोग शालामा १० हजार ६४१ जनाको पीसीआर परीक्षणको क्रममा थप १ हजार २४६ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा कोभिड संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको मन्त्रालयले जनाएको छ ।

आज पहिचान भएक कोभिड संक्रमित मध्ये काठमाडौ उपत्यकामा थप ६१८ जना रहेको र यसमध्येपनि काठमाडौमा ५०७ जना, ललितपुरमा ६१ जना र भक्तपुरमा ५० जना गरी कुल ६१८ जना रहेको मन्त्रालयले जनाएको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ३ महिला र १ पुरुष गरी ४ जनाको मृत्यु भएको छ । मृत्युहुनेमा मृत्यु हुनेमा काठमाडौँका ८७ वर्षीय पुरुष सहित मोरङको ६४ वर्षीया, चितवनको ३६ वर्षीया, कैलालीको ५७ वर्षीया महिला रहेको मन्त्रालयले जनाएकोछ। योसँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ३८३ पुगेको   छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031