बिहिबार, कार्तिक ६, २०७७

आकस्मिक मन्त्रीपरिषदको बैठक: व्यक्ति विशेषको नियुक्तिमानै केन्द्रीत

काठमाडौं असोज ११,
आज प्रमको सरकारी निवास वालुवाटारमा बसेको आकस्मिक मन्त्रीपरिषदको बैठकले कृषि अनुसन्धान परिषद् नार्कको कार्यकारी निर्देशकमा डा दीपक भण्डारीलाइ नियुक्त गर्ने निर्णय गरेको छ । भण्डारी यसअघि नार्ककै निमित्त कार्यकारीको पदमा थिए । ६ महिनाभन्दा बढी कायम मुकायम हुन नसक्ने भएकाले सरकारले भण्डारीलाई नै कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

त्यस्तै मन्त्रीपरिषद बैठक अघि मन्त्रीपरिषदको आजको बैठकले मौजुदा मन्त्रीमण्डल पुनर्गठनको मार्ग प्रशस्त गर्ने वातावरण बनाइने अपेक्षा गरिएपनि प्रस्तुत विषयमा कुनै छलफलनै नभएको बुझिएको छ।

त्यस्तै आकस्मिक भनिएको बैठकले व्यत्ति, विशेषको नियुक्तमानै केन्द्रीत भएको बताउदै सम्वद्ध स्रोतले नेपाल र इजरायलबीच हुने कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौताका लागि आवश्यक सवै अख्तियारी इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यलाई दिने निर्णय वाहेक अन्य कुनै निर्णष् नगरेको बताएका छन ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031