-
फिल्डमा खटिने पत्रकारको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गर्न माग
-
पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्म निर्वाह गर्न महासंघको अपिल
नेपाल पत्रकार महासंघले पछिल्लो समय कोभिड संक्रमणको दर वृद्धि भएसंगै संक्रमणका कारण नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको जनाएको छ ।
महासंका महासचिव रमेश विष्टले आज जारी गर्नु भएको विज्ञप्तिमा कोभिड १९ सङ्क्रमणको उच्च जोखिमबीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाह गर्ने क्रममा प्राप्त पछिल्लो डेटा अनुसार मुलकका ७ प्रदेशमध्ये ६ प्रदेशमा महिला पत्रकार सहित ७१ जना पत्रकार संक्रमित भएको जनाएको छ ।
महासंघको अभिलेख अनुसार प्रदेश नम्बर १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएका छन् जसमा मोरङ जिल्लाका १२ जना र उदयपुरका १ जना रहेका छन् । त्यस्तै प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएका छन् । जसमा पर्सा १३, बारा ४, धनुषा २, सप्तरी ३, सर्लाही ३, महोत्तरी १ र रौतहटमा १ जना रहेका छन् ।
त्यस्तै बागमती प्रदेशमा ११ जना पत्रकार संक्रमित हुन पुगेका छन् । जसमा काठमाडौं ९ र ललितपुरमा २ जना पत्रकार संक्रमित भएको उल्लेख गरिएको छ । यसैगरी गण्डकी प्रदेशमा ८ जना पत्रकार संक्रमति भएका छन् । जसमा कास्कीका १ जना र नवलपुरका ७ जना रहेका छन् भने प्रदेश नम्बर ५ मा ११ जना पत्रकार संक्रमति भएका छन् । जसमा बाँके २, बर्दिया १, कपिलवस्तु ६ र रुपन्देहीमा २ संक्रमति भएको उल्लेख गरिएको छ । त्यस्तै कर्णाली प्रदेशको दैलेख जिल्लामा १ जना पत्रकार संक्रमित भएका छन् ।
त्यस्तै विज्ञप्तिमा महासंघले संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग समेत गरेको छ । विषम परिस्थितिमा संक्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर नेपाली सञ्चार क्षेत्रले निर्वाह गरिरहेको भूमिका सराहनीय रहेको बताउदै संक्रमितमध्ये उपचार पछि केही निको भइसकेका छन् केही उपचाररत अवस्थामा रहेको उल्लेख गर्दै महासंघले उपचाररत सबै पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुको अलावा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासंघ आम पत्रकार तथा सञ्चारकर्मीहरुमा अपिल समेत गरेको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- माघ ९ गते प्रचण्ड-नेपाल समूहले ओली प्रतिगमन विरुद्ध वृहत जनप्रदर्शन गर्ने
- उपत्यकाका १३१ सहित देशभर थप २ सय ४० जनामा कोभिड संक्रमण
- लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेसले जस्तो सुकै कदम उठाउन पनि पछि नपर्ने नेता सिंहको उद्घोष
- काँग्रेसले आज प्रतिनिधि सभा विघटन विरुद्ध ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गर्दै
- संसद विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासमै सुनुवाइ हुने
- उपत्यकाका १७२ सहित थप २ सय ७० जनामा कोभिड संक्रमण
- झारफुक गर्ने बहानामा तातो फलामले डाम्दा बिरामीको मृत्यु ,घटनामा संलग्न दम्पती पक्राउ
- कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र
- कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगको अनुमति
- कारागार कार्यालय, चितवनलाई पुस्तक हस्तान्तरण
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान