शुक्रबार, बैशाख १४, २०८१

उपत्यकामा ४ सय १५ जना कोभिड संक्रमित पहिचान

काठमाडौं भाद्र १२ ,

शुक्रवार देशका विभिन्न प्रयोगशालामा १० हजार २२९ जनाको पिसिआर परीक्षणको क्रममा ५९३ पुरुष र ३३४ महिला गरि ९२७ जनामा कोभिड संक्रमण पुष्टि  भएको छ, यसमध्ये काठमाडौं उपत्यकामा अहिलेसम्मकै उच्च अर्थात ४ सय १५ जना कोभिड १९ संक्रमित थपिएका हो ।  आज थपिएका संक्रमित मध्ये काठमाडौं ३५०, ललितपुर ११ र भक्तपुरका ५४ जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।बिहीबार उपत्यकामा ३७७ जनामा कोरोना संक्रतिको पहिचान भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।