मङ्लबार, बैशाख ११, २०८१

निषेध आदेशको वर्खिलाप सटर खोल्दै महानगर भित्री शहरका व्यवसायी

उपत्यकामा आजमात्रै २ सय संक्रमितको पहिचान
काठमाडौ भाद्र ४,
बढ्दो कोभिड संक्रमणको रफ्तार नियन्त्तण गर्न सरकारले आजबाट आगामी भाद्र १० सम्म जारी गरेको निषेधाज्ञाका वीच उपत्यकामा थप २ सय जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
सरकारले निषेधाज्ञा जारी गरेकै कारण काठमाडौ उपत्यका बिहानैदेखि सुनसान छ । मानिसको आवागमन देखिएको छैन । तर भित्रि शहरमा भने यसअघि जारी लकडाउन भन्दा पनि आज बाट जारी बन्दाबन्दीभन्दा कडा गरिएको महानगरीय प्रहरी परिसरको दावीका वीच स्थानीय व्यवसायीले प्रहरीको रमण आएको समयमा बन्द गर्ने प्रहरी जाने वितिकै पसलको सटर खोल्ने  प्रवृति  बढ्दो  पाईएको छ ।
स्थानीय  व्यवसायीको प्रस्तुत  निषेधाज्ञालाइ चुनौती दिदै  प्रदशन गर्दै आएको प्रवृतिका कारण   अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना सहित मूल्यवृद्धि सहित संक्रमणलाइ बढावा दिदै आइरहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।