शुक्रबार, बैशाख १४, २०८१

देशको अधिकांश भूभागमा आगामी ३ दिन फेरि उच्च वर्षाको संभावना

काठमाडौं साउन ३१ ,

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको बढ्दो प्रभावका कारण आगामी ३ दिन देशको अधिकांश भूभागमा मध्यम देखि भारी वर्षा हुने जनाएको छ ।महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले ३ दिन देशभर वर्षाको सम्भावना औल्याएको   हो ।

त्यस्तै सोहि प्रणालीका कारण देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा वर्षा समेत भइरहेको जनाउदै आज अपरान्ह पनि देशभर सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना औल्याएको  छ । त्यस्तै महाशाखाले काठमाडां उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ५ र अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस रहेको जनाएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।