शुक्रबार, चैत्र १६, २०८०

२ सय भन्दा बढि कोभिड १९ को केश भएको उपत्यका लगायतका जिल्लामा विहिबारवाट सवारीमा जोर- विजोर प्रणाली लागु  

 २०० बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी अवागमन बन्द गरिने 

काठमाडौ साउन २१,

पछिल्लो समय उपत्यका लगायत देशैभर कोभिड–१९ को सङ्क्रमण बढ्दो रफ्तार बढेसंगै आवश्यक सावधानी सतर्कताका लागि गृहमन्त्रालयले मुलुकको ७७ वटै जिल्ला प्रशासन कार्यालय र त्यस मातहतका सवै निकायलाइ ५ बुँदे सर्कुलर सहितको निर्देशन जारी गरेको छ ।

जारी निर्देशनमा उपत्यका प्रवेश गर्ने अत्याआवश्यक ढुवानी वाहेकका अन्य सवै यात्रुवाहाक सवारी वेलुकी ७ बजेबाट विहान ७ बजेसम्म निषेधको लागि यसअघि गरिएको व्यवस्थालाइ कडाइका साथ लागु गर्ने त्यस्तै काठमाडौ उपत्यका लगायतका २ सय भन्दा बढि कोभिड १९ को केश भएको जिल्लामा विहिबार वाट अत्याआवश्यक सेवा वाहेकका सार्वजनिक र निजी सवारी साधन जोर बिजोर  प्रणाली लागु गर्ने निर्देशन दिईएको छ ।

त्यस्तै  स्वास्थ्य मापदण्ड लागू नगर्ने र मास्क नलगाउने व्यक्ति वा व्यावसायिक प्रतिष्ठानलाई कारवाही गर्नुको अलावा सुरक्षाको मापदन्ड विपरितका क्रियाकलाप गर्ने जोकोहिलाइ पनि कारवाही गर्न निर्देशन दिईएकोे छ । साथै संक्रमणको जोखिमको विश्लेषण गरि जोखिम कबढेको क्षेत्र वा स्थानमा कोभिड संकट व्यवस्थापन केन्द्को निर्णयमा त्यस क्षेत्र बन्द गर्ने होटल, रेष्टुरेण्टमा हुने सामुहिक भोज, पार्टी, भेला वा अन्य कुनै पनि किसिमको सेमिनार निषेध गर्नेनिर्णय गरेको सामूहिक भेलाजस्ता कार्य निषेध गरिएको मन्त्रालयका  प्रवक्ता बुढाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको  छ ।साथै सरकारको निर्णय अनुरुप अनुमति पाएका व्यक्ति वाहेक अन्तराष्टिय सिमा क्षेत्रमा हुने  आवतवातमा कडाइ गर्ने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।