शुक्रबार, बैशाख ७, २०८१

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा लाग्यो रोक

काठमाडौ साउन २१,

पछिल्लो समय उपत्यका लगायत देशैभर कोभिड–१९ को सङ्क्रमण बढ्दो रफ्तारले यत्र तत्र सर्वत्र नयाँ सन्त्रास सिर्जना गरेको छ । संक्रमणकै कारण मुलुकको १४ जिल्ला क्रमस बझाङ, दार्चुला, सर्लाही र स्याङ्जा ,सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरीमा निषेधाज्ञा जारी भइसकेको अवस्था छ ।

गृहमन्त्रालयले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । गृहमन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ गरिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनु भएको छ।

प्रवक्ता बुढाका अनुसार अत्यावश्यक कामका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाएर जाँदा प्रवेशमा कुनै समस्या छैन तर अनावश्यक कामका लागि भने प्रवेशमा रोक लागाईएकोे जानकारी दिदै यसवीचमा भित्रबाट पास पठाएर प्रवेश अनुमति दिने कार्यमा पनि तत्कालका लागि रोक लगाइएको बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु