बिहिबार, बैशाख १३, २०८१

३ सय ८१ जना नयाँ कोभिड संक्रमितको पहिचान, संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो

काठमाडौ साउन २१,

पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ३ सय ५९ जनाको मात्र पीसीआर परीक्षणका क्रममा ३ सय ८१ जना नयाँ कोभिड संक्रिमतको पहिचान भएसंगै कूल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  आज पहिचान भएका संक्रमितमा काठमाडौं उपत्यकाका अन्र्तगत काठमाडौंमा ५७ तथा ललितपुरका ५ जना रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै संक्रमणका कारण आज पर्साका  १८ वर्षीया युवती र ४६ वर्षीय पुरुषको मृत्यु भएसंगै मृतकको संख्या ६० पुगेको जानकारी दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वोर गौतमले उपचार पछि १ सय ३० जना डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको हुनेको सख्या १५ हजार १ सय ५६ पुगेको जनाएको छ ।

त्यस्ते सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ७४ रहेको छ भने ९ हजार ९ सय २५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ । यसैवीच मन्त्रालयले कोरोनाबाट बच्ने एकमात्र उपाय सामाजिक दूरी, मास्क र सेनिटाइजरमात्र भएको भन्दै अनिवार्य रुपले अपनाउन आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।