बुधबार, बैशाख १२, २०८१

१ करोड २४ लाखको चेकसहित प्राधिकरणका उपप्रवन्धक पक्राउ

काठमाडौ साउन २४ ,

नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्ता रु १ करोड २४ लाख ९१ हजार १४५ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका–९ बाट आज पक्राउ परेको छ ।

प्राधिकरणका उपप्रवन्धक तहमा कार्यरत गुप्ताले कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानीका लागि आवश्यक प्रक्रिया समेत पूरा नगरी मनमौजी रुपर्मा चेक लिएर काठमाडौँतर्फ जाँदै गरेको अवस्थमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

आयोगका अनुसार हस्ताक्षर भैसकेका कार्यालयका चेक तथा स्वीकृत नभएका सोही चेकसँग सम्बन्धित कागजात लिएर काठमाडौँ जाने क्रममा आज गुप्ता पक्राउ परेका हुन् । पक्राउ परेका आरोपी गुप्ता उपर अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।