शुक्रबार, बैशाख ७, २०८१

१६४ को कोभिड संक्रमितको आईसियूमा र १७ जनाको भेन्टिलेटरमा उपचार हुँदै , १२ को मृत्यु

शुक्रबार ९२७ जना कोभिड संक्रमित थपिएसंगै संक्रमितको संख्या ३६ हजार नाघ्यो

काठमाडौं भाद्र १२ ,

शुक्रवार देशका विभिन्न प्रयोगशालामा १० हजार २२९ जनाको पिसिआर परीक्षणको क्रममा ५९३ पुरुष र ३३४ महिला गरि ९२७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ, यसमध्ये काठमाडौं उपत्यकामा अहिलेसम्मकै उच्च अर्थात ४ सय १५ जना कोभिड १९ संक्रमितको पहिचान भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज उपत्यकामा थपिएका संक्रमित मध्ये काठमाडौं ३५०, ललितपुर ११ र भक्तपुरका ५४ जना रहेका  जनाउदै  मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज पहिचान भएका संक्रमितसंगै नेपालमा संक्रमितको संख्या ३६ हजार नाघेको जानकारी दिनुभयो । त्यस्तै प्रवक्ता गौतमले क्वारेन्टाइनमा रहनेको संख्या ८ हजार ९३९ जना रहेका छन् । त्यसैगरी  सक्रिय संक्रमित १६ हजार १९ जना मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार ४४६ जना रहेको बताउनुभयो ।

साथै उहाँले पछिल्लो २४ घण्टामा १६९ जना कोभिड मुक्त हुँदै डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको संख्या २० हजार २४२ पुगेको जानकारी दिदै संक्रमणबाट एकदर्जन
व्यक्तिको निधन भएसंगै निधन हुनेको सख्या १९५ पुगेको जानकारी दिदै  आज निधन हुने   मृतकहरुमा मोरङका २ महिला, भक्तपुरकी १ महिला मकवानपुरकी  १ महिला , उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका १/१ जना पुरुष रहेको बताृनुभयो ।  त्यस्तै    १६४ जना आईसियू र १७ जनाको भेन्टिलेटरमा उपचार भैरहेका बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु