बिहिबार, बैशाख ६, २०८१

हेटौँडामा फेरि एक साताका लागि निषेधाज्ञा थपियो

काठमाडौं भाद्र ८,

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौडा उपमहानगरपालिका र मनहरी गाउँपालिका र थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा समेत लागु हुने गरि जारी निषेधाज्ञालाई आगामी भाद्र १५ गतेसम्मका लागि थप गरेको छ ।

यसअघि गत साउन २६ देखि भाद्र ८ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । तर आज विहान बसेको जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले संक्रमणको जोखिम अझै कायम रहेको ठहर सहित जारी निषेधाज्ञालाइ थप गरेको हो ।

त्यस्तै प्रशासनद्दारा जारी सूचनामा निषेधाज्ञाको समयमा सामाजीक दूरी र उच्च स्वास्थ्य सर्तकता सहित बिहान ५ः०० बजेदेखि ८ः बजेसम्म खाद्यान्न, तरकारी, औषधीलगायत अत्यावश्यक पसल खोल्न र इन्धन खरिद गर्न सकिने त्यसपछिका समयमा अत्याआवश्यक वाहेकका सवै सेवा व्यवसाय बन्द रहने उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।