बुधबार, बैशाख १२, २०८१

स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई तत्काल कारवाही गर्न मातहतका निकायलाइ गृहको कडा निर्देशन

  ७७ जिल्ला मध्ये ४८ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञाको आदेश जारी

काठमाडौं भाद्र ७ ,

पछिल्लो समय कोभिड संक्रमणको जोखिम उच्च् भएसंगै सङ्क्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ ले दिएको अधिकार प्रयोग गरी काठमाडौँ उपत्यकाका लगायत  देशका ७७ जिल्ल मध्ये ४८ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञाको आदेश जारी भइ समन्वयात्मकरूपमा कार्यान्वयन भइरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्त्ै मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना बनाएर हातोत्साहित गर्ने काम गर्दै स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारवाही गर्न ७७ जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढासद्दारा जाी विज्ञप्तिमा उलेख गरिएको छ । स्मरण रहोस – पछिल्ला दिनमा कोभिड–१९ सङ्क्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारमा आफूलाई जोखिममा राखेर अहोरात्र खटिएका स्वास्थ्यकर्मीलगायतका राष्ट्रसेवकप्रति केही उच्छृङ्खल व्यक्तिबाट दुव्र्यवहार तथा अपमान गर्ने घटनाले तिवरता पाउदै आएको अवस्था छ ।

त्यस्तै  विज्ञप्तिमामा कोभिड–१९ को सङ्क्रमण जोखिम कम गर्ने सम्बन्धमा भएका निर्णय र निर्देशन कार्यान्वयनको प्रभावकारिताका लागि ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजनमा संयुक्त अनुगमन टोली परिचालन गर्ने व्यवस्थासमेत मिलाइएको उल्लेख गर्दै उद्धार उडानबाट स्वदेश आउने व्यक्तिलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा राख्ने क्वारेन्टिन निर्माण, सञ्चालन तथा व्यवस्थापनको प्रक्रियासमेत शुरु गरिएको मन्त्रालयले जनाउदै मुलुकको दक्षिणी सिमामा तोकिएका प्रवेश विन्दुबाट आवागमनको अभिलेख राखी व्यवस्थापन गर्ने कार्य भइरहेको जनाएको छ ।  साथै अत्यावश्यक सेवासँग सम्बन्धित पेशा र व्यवसाय सञ्चालन गर्दा मास्क लगाउने, न्यूनतम सामाजिक दूरीको पालना गर्ने र गराउनेजस्ता जनस्वास्थ्यका मापदण्ड, प्रोटोकल पालना भए नभएको सम्बन्धमा निरन्तर अनुगमन भइरहेको मन्त्रालयका प्रवक्ता बुढाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै मन्त्रालयले अनुमति नलिइ काठमाडौँ उपत्यका प्रवेश गर्न खोज्ने आठ हजार ६१२ सवारीसाधन तथा अनुमतिविना उपत्यका प्रवेश गर्न खोज्ने २० हजार ८७६ यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको र मास्क प्रयोग नगरी हिड्ने ३१ हजार बढीलाई कारवाही गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।