बुधबार, बैशाख १२, २०८१

सिन्धुपाल्चोक कास्की,धनुषा,सर्लाही र कपिलवस्तुमा जारी निषेधाज्ञाको समयसिमा थपियो

काठमाडौं भाद्र ७ ,

कोभिड संक्रमण फैलन नदिनका लागि सिन्धुपाल्चोकमा थप एक साताका लागि पुनः निषेधाज्ञा जारी गर्नुको साथै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कार्यान्वयनलाई कडाईका साथ लागू गर्ने निर्णय गरेको छ ।  जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको वैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जारी सूचनामा उल्ल्ेख गरिएको छ।यो सँगै भाद्र १४ सम्म सिन्धुपाल्चोकमा कुनै पनि व्यक्ति अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै, सार्वजनिक सवारी साधन बन्द रहने भएको सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् । होटल तथा रेष्टुरेन्ट, विद्यालय, सभा, गोष्ठी, तालिम सेमिनार, प्रदर्शन, शैलुन, खेलकुद गतिविधि सञ्चालनमा रोक लगाएको छ ।

त्यस्तै अत्यावश्यक परेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने छ । त्यस्तै बैंक, गैर सरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न दिनको ११ देखि २ बजेसम्म सञ्चालन गर्न दिइने सूचनामा उल्लेख  गरिएउल्लेख छ ।

यसैवीच जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको बैठकले थप ५ दिन निषेधाज्ञाको म्याद थप्ने निर्णय गरेको हो । बैठकले जारी निषेधाज्ञालाई आगामी भाद्र १२ गतेसम्म कायम राख्ने निर्णय गरेको हो । त्यस्तै आइतबार बसेको जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको बठैकले धनुषामा जारी निषेधाज्ञा भाद्र १४ गतेसम्म बढाउने निर्णय गरेको छ ।यसअघि भाद्र ७ गतेसिम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएपनि कोभिड संक्रमण फैलिने क्रम नरोकिएकाले निषेधाज्ञाको सय सिमाथप गरिएको प्रशासनले जनाएको छ ।

त्यस्तै सर्लाहीमा निषेधाज्ञाको म्याद तेस्रो पटक एक साताका लागि थप गरिएको छ भने कपिलवस्तुमा आगामी भाद्र १५ गते सम्मका लागि जारी निषेधाज्ञा पनि थपिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति अर्थात डीसीसीएमसीको आइतबार बसेको बैठकले संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।