शुक्रबार, चैत्र १६, २०८०

सर्वोच्च अदालतका सवारी चालकलाइ कोभिड संक्रमण

काठमाडौ साउन २१,

सर्वोच्च अदालतका १८१ जना कर्मचारीको कोभिड परीक्षणको क्रममा १ जना सवारी चालकको दर्जामा कार्यरत कर्मचारी सङ्क्रमण पुष्टि भएको छ ।

 अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले जारी गर्नु भएको विज्ञप्तिमा  उल्लेख भएअनुसार आइतबार १८१ जना कर्मचारीमा पिसिआर परीक्षण  गरिएको विज्ञप्तिमा उल्लेख गरिएकोछ ।

  त्यसमध्ये १८० जनामा कोभिड–१९ नेगेटिभ देखिएको र एक जना सवारी चालकमा संक्रण पुष्टि भएको उल्लेख गरिएकोछ । त्यस्तै विज्ञप्तिमा सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीमा कोभिड संक्रमण नभएको उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।