शुक्रबार, बैशाख ७, २०८१

सर्वोच्चको आदेश काउन्सिलका कावा अध्यक्ष श्रेष्ठलाई नै कामकाज गर्न दिनु

काठमाडौं भाद्र ३ ,

सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नै कामकाज गर्न दिने गरी अन्तरिम आदेश जारी गरेको छ ।

काउन्सिल सदस्य चेतनाथ धमलाले सोमबार बसेको मन्त्रिपरिषदको बैठकले काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठलाई हटाई दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णयले प्रेस स्वतन्त्रता कमजोर भएको भन्दै दायर गरिएको रिट निवेदनको सुनवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सरकारले हाल काउन्सिलमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका किशोर श्रेष्ठलाई नहटाउन र नियमावली संशोधन गर्न पर्नाका कारण पेश गर्न र भण्डारीलाई कार्यवाहक अध्यक्षका रुपमा कामकाज गर्न रोक लगाउँदै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

सरकारले प्रेस काउन्सिल ऐन, २०४८ को काउन्सिल कार्य व्यवस्था नियमावली संशोधन गर्दै कार्यवाहक अध्यक्ष तोक्ने अधिकार सरकारमा निहित गरि वहालवाला कावा अध्यक्ष श्रेष्ठलाई हटाएर गत सोमबार पोखराकी दुर्गा भण्डारीलाई कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु