बिहिबार, चैत्र १५, २०८०

सर्लाहीमा पनि साताव्यापी निषेधाज्ञा, आदेशको अवज्ञा गर्नेलाई कडा कारवाही

काठमाडौं साउन २५ ,
जिल्लास्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर सर्लाहीको बैठकले सोमबारदेखि साउन ३२ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ ।पछिल्लो समय जिल्लामा कोभिड संक्रमितको सख्या बढ्नुको अलावा अनावश्यक भिडभाड बढेसंगै समुदायस्तरमा संक्रमण् फैलिनबाट रोक्न कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन अनुसार जारी गरिएकोहो निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय द्दारा जारी सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै निषेधाज्ञा सूचनामा अत्यावश्यक कामबाहेक कुनैपनि व्यक्तिलाई घरबाहिर निस्कन निषेध गरिएको छ । यदि संस्था वा व्यक्तिले निषेधाज्ञा आदेशको अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ नुरुप कडा कारबाही हुने चेतावनी समेत दिइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।