शनिबार, बैशाख ८, २०८१

समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन सकोस् : राष्ट्रपति भण्डारी

काठमाडौँ भाद्र ५,
नेपाली महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिदै तमाम तीजका व्रतालुलाइ विश्वव्यापी रूपमा फैलिएको कोभिडको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै मनाउन आग्रह गर्नुभएको छ ।

त्यस्तै उहाँले हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको बताउर्दै मौलिक संस्कृति र परम्पराको रुपमा रहेको तीज लगायतका पर्वको संरक्षण तथा प्रवद्र्धन गर्ने गरी चाड मनाउन आग्रह गर्नुभएको हो ।

साथै उहाँले तीजले नेपाली महिलालाई समाजमा विद्यमान लैङ्गिक र जातीय विभेद लगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा समेत व्यक्त गर्नुभएको छ ।

यसैवीच उपराष्ट्रपति नन्दबहादुर पुनले पनि विश्वव्यापी महामारी कोभिड संक्रमणको बढ्दो जोखिमका कारण प्रतिकूल अवस्थामा यसपालीको तीज घरैमा बसेर मनाउन सम्पूर्ण दिदीबहिनीलाई आग्रह गर्नुभएको छ । तीज–पर्व २०७७ को अवसरमा शुभकामना दिँदै उहाँले सरकारको आग्रह र स्वास्थ्य सुरक्षालाई ध्यान दिएर तीज मनाउन पनि आपिल गर्नुभएको छ । कोभिड  रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदममा पूर्ण साथ दिन अपिल समेत गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।