बिहिबार, बैशाख ६, २०८१

सङ्क्रमण अझ बढ्ने संभावना औंल्याउदै मन्त्रालयले भन्यो- स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरौं

कोभिड-१९ बाट आफू र आफ्नो परिवारलाई बचाउन अनुरोध

काठमाडौ भाद्र १२ ,

पछिल्लो समय काठमाडौं उपत्यका लगायत दशैभर बढ्दो कोभिड १९ संक्रमितको रफ्तार आगमी साता थप बढ्ने अनुमान गरिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणको दायरा फराक भएसंगै दिनानुदिन बढ्दो संक्रमित सख्याको विश्लेषण गर्दै सङ्क्रमण दर केही दिनमा थप वृद्धि हुने अनुमान गरेको हो ।

त्यस्तै यसवीचमा आफ्नो जीवनशैली परिवर्तन गर्न आग्रह गर्नुभयो । सकारात्मक सोच र चिन्तन गरी सबैले आ–आफ्नो ठाउँबाट सङ्क्रमणको रोकथाम र नियन्त्रणमा एकजुट हुन आग्रह गर्दै सङ्क्रमण र संक्रमित वृद्धि भएसँगै थप चुनौतिको सामाना गर्नुपर्ने भएकै कारण सङ्क्रमण देखिएपछि आइसोलेसनमा र लक्षण नभएकाहरूलाइ सम्भव भएसम्म होम आइसोलेसनमा बस्न अनुरोध गरको छ ।

साथै संक्रमणको रोकथाम र नियन्त्रण गर्न खटिएका कर्मचारीलाई सम्मान गर्न आग्रह गर्दै मन्त्रालयले कोभिड १९ विरुद्ध विश्वका कतिपय देशले खोप लगायतका औषधिको अन्तिम परीक्षण गरिरहेका भएपनि कुनै पनि उपलब्धि हात नलागिसकेका कारण तत्कालालइ मास्कको अनिवार्य प्रयोग सामाजीक दुरी सहितका स्वास्थ्य मापदण्डको पालना गर्दै कोभिड–१९ बाट आफू र आफ्नो परिवारलाई बचाउन अनुरोध गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।