शुक्रबार, बैशाख ७, २०८१

संक्रमणको बढ्दो रफ्तार:  प्रम ओली र सम्वद्ध विज्ञवीच छलफल , लकडाउनको नयाँ मोडालिटी तयार गर्दै कार्यान्वयन गर्ने सरकारको तयारी

संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन प्रम ओलीको आग्रह

काठमाडौं साउन २०,

कोभिड संक्रमितको सख्या काठमाडौं उपत्यका लगायत देशैभर उच्च दरमा फैलिन शुरुभएसंगै प्रधानमन्त्री केपी ओलीले आज सम्वद्ध विज्ञहरुलाई बालुवाटारमा बोलाएर संक्रमणको रफ्तार नियन्त्रण गर्न आवश्यक सुझाव लिएका छन् ।

छलफलमा सहभागी जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेलगायतका विज्ञहरुले प्रधानमन्त्रीलाई तत्काल १५ दिन कडा खालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिदै गर्दा जनस्वास्थ्यविद डा समिरमणि दीक्षितले भने देशभर लकडाउन गर्नुको साटो संक्रमण बढी भएका स्थानमा लकडाउन गर्नुपर्ने र अन्य स्थानमा व्यवस्थित बनाउँदै लैजानुपर्ने सुझाव दिदै सवैतिर लकडाउन गर्दा आर्थिक लगायतका गतिविधि ठप्प हुनसक्ने र त्यसले थप मार खेप्नुपर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने तर्क प्रस्तुत गरेका छन ।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाका साथै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगातका नेतागणको समेत उपस्थित रहेको उक्त छलफलमा विज्ञहरुको सुझाव पछि प्रधानमन्त्री केपी ओलीले एमसीसी, स्वास्थ्य मन्त्रालयसँग समेत छलफल गरेर लकडाउनको मोडालिटी तयार गरिने जानकारी दिनुभएको छ । त्यस्तै उहँँले विद्यमान संकट समाधानको लागि सरकारको प्रयासले मात्रैले कृहि नहुने र यस्तो महामारीकोका वीच संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन आग्रह गर्दै सवै मिलेर समस्या समाधान गर्नतर्फ उन्मुख हुन समेत आग्रह गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु