शुक्रबार, चैत्र १६, २०८०

संक्रमणको बढ्दो जोखिम: मकवानपुर र धनुषामा जारी बन्दाबन्दीको समयसिमा थपियो

काठमाडौं साउन ३२,
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज एक सूचना जारी गर्दै मकवानपुरमा जारी निषेधाज्ञा भाद्र ९ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको छ ।  यसअघि जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्क्रमणको फैलिएको उच्च जोखिमका कारण गत साउन २६ गते राति १२ बजेदेखि साउन ३२ मध्यरात्री सम्म कायम हुने गरि निषेधाज्ञा जारी गरेको थियो ।

प्रशासनले जारी गरेको सूचनामा हेटौँडा उपमहानगरपालिका भर र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा अत्यावश्यक सेवाबाहेक सम्पूर्ण क्रियाकलाप निषेध गर्ने गरी जारी निषेधाज्ञाको अवधिलाई थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा हस्ताक्षरित सूचनामा जिल्लाको कोभिड सङ्कट व्यवस्थापन समितिको सिफारिसमा निषेधाज्ञाको अवधि थप गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयले धनुषामा बढ्दो संक्रमणको जोखिमसंगै थप एक साताका लागि जारी बन्दाबन्दीको समय सिमा थप गरेको छ। यसअघि जारी बन्दाबन्दी को समयसिमा आज मध्यरत्राी सम्म कायम रहेको थियो ।

बन्दाब्न्दी थप सम्बन्धी प्रशासनले आज जारी गरेको सूचनामा लकडाउनको अवधिमा बिहान १०ः०० बजेसम्म मात्र पसल सञ्चालन गर्न पाउने छन् । व्यापार र व्यवसाय सञ्चालन गर्दा बिक्रेताले पञ्जा, मास्क र स्यानिटाइजर प्रयोग गर्नुका साथै सामाजिक दूरी कायम गर्नुपर्ने तथा क्रेतालाई अनिवार्य रुपमा मास्क प्रयोग गर्ने विषयमा सो विज्ञप्तिमार्फत सचेत गराइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।