शनिबार, बैशाख ८, २०८१

राष्ट्रिय झण्डामा आगो लगाउँदै जातीय द्वन्द्व भड्काउने ८ जना पक्राउ

काठमाडौ भाद्र ३ ,

राष्ट्रिय झण्डामा आगो लगाई जलाएको भिडियो सामाजिक सञ्जाल युट्युवमा प्रसारण गरेको अभियोगमा ८ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गायक तथा मोडल मकवानपुर बस्ने ज्ञाल्जेन दोर्जे तामाङ भन्ने २३ वर्षीय रोजित कुमार तितुङ, मोडल काभ्रे बस्ने २८ वर्षीय लावाङ तामाङ, काभ्रे बस्ने २७ वर्षीय प्रयास भन्ने चलाकमान तामाङ, भिडियो इडिटिङ गर्न काभ्रे बस्ने ३१ वर्षीय संजय भन्ने हुत्त बहादुर तामाङ, भिडियो इडिटिङ गर्ने काभ्रे बस्ने ३६ वर्षीय कमल कुमार लामा तामाङ, गायक तथा मोडल मकवानपुर बस्ने १८ वर्षीय किशोर, भिडियोग्राफर सिन्धुपाल्चोक बस्ने २८ वर्षीय संजित कुमार घिसिङ र गायिका काठमाडौं बस्ने दोलखा घर भएकी २२ वर्षीया अरुणा थामी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ८ जनाले सामाजिक सञ्जाल युट्युवमा Mangol Hop Official नामको च्यानलबाट भाद्र १ गते देशद्रोही शीर्षकमा सार्वजनिक भएको गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डामा आगो लगाई जलाएको, पूर्व राजा तथा पूर्व प्रधानमन्त्री समेतको तस्वीर जलाएको, नेपालको राष्ट्रिय झण्डालाई ‘ब्रा’ जस्तो भनेर संकेत गरिएको, ढाका टोपीलाई अपमानजनक शब्द प्रयोग गर्दै जातीय द्वन्द्व भड्काउने गरी आपत्तिजनक शब्दावलीहरुको प्रयोग गरी बर्गीय जातीय र साम्प्रदायिक आधारमा घृणा, द्वेष र अवहेलना उत्पन्न गराउने अपराधिक कार्य गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै राष्ट्रिय झण्डामा आगो लगाउने समेतको कार्य गरी सो को दृश्य सामाजिक संजालमा राखी प्रसारण गर्ने व्यक्तिहरुलाइ केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज र महानगरीय अपराध महाशाखाको बिशेष सकृयतामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाउदै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।

नेपालको झण्डा जलाएको दृश्य समावेश गरिएको सो भिडियोबारे सामाजिक संजालमा चर्को विरोध भएको छ । भिडियोमा क्षेत्री, बाहुन समुदायलाई अश्लिल गाली गरिएको छ । स्मरण रहोस:  मुलुकी अपराध संहिता–०७४ अनुसार जात, जाति सम्प्रदाय वा बर्गको भावनामा आघात पर्र्याउन पाइँदैन । त्यस्तै राष्ट्रिय झण्डाको अपमान वा क्षति गरेमा तीन बर्षसम्म कैद वा तीस हजार जरिवाना हुने कानुनी ब्यवस्था छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।