शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रियसभाका ४ विषयगत समिति सभापतिका लागि आज निर्वाचन हुँदै

काठमाडौं साउन २३ ,

राष्ट्रियसभाका ४ विषयगत समिति सभापतिका लागि आज दिउँसो १ बजे निर्वान हुँदैछ ।  संसद सचिवालयकाअनुसार बिहीबार राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम २ अनुसार विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

समितिको सभापति पदमा एकजनाकोमात्रै उम्मेदवारी परे सम्बन्धित समितिको बैठकमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ भने एकभन्दा बढी उम्मेदवारी दर्ता भए निर्वाचन प्रक्रियाबाट सभापति चयन गरिने व्यवस्था छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।