बिहिबार, बैशाख १३, २०८१

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं भाद्र २ ,

राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको छ । गत वर्ष शताब्दी वर्ष उमेर पूरा गर्नुभएका उहाँको आज आफ्नै निवास लैनचौरमा निधन भएको हो ।

विसं २०६० मा राष्ट्रकवि उपाधिबाट विभुषित घिमिरेलाइ विसं २०७४ माघ २६ गते नेपाली सेनाले मानार्थ सहायक रथीको सम्मान समेतबाट सम्मानीत गरिएको थियो । उहाँको आजै पशुपतिमा अन्त्येष्टि गरिने र नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारद प्रदान गर्ने जनाइएको छ ।

राष्ट्रकवि घिमिरेको गौरी, राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामालगायत खण्डकाव्य संगै किन्नरकिन्नरी गीतसङ्ग्रह, यो नेपाली शिर उचाली, फूलको थुँगा बगेर गयो, आजै र राति के देखेँ सपना, नेपाली हामी रहौंँला कहाँ नेपालै नरहे बोललगायत थुप्रै गीत तथा निबन्ध एवं बालसाहित्य प्रकाशित रहेका छन् ।

त्यस्तै केहि समय अघि डा.हर्ष बहादुर बुडामगरको आठौ स्मृति दिवसको अवसरमा डा।हर्ष बहादुर बुडामगर स्मृति प्रतिष्ठानद्दारा एक कार्यक्रमकावीच राष्ट्रकवि माधव प्रसाद घिमिरेको लैनचौरस्थित निवासमा समर्पण गरिएको थियो

राष्ट्रकवि घिमिरेलाइ महाअभिनन्दन समर्पण

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।