शुक्रबार, बैशाख ७, २०८१

युवतीमाथि तेजाब आक्रमण गर्ने अभियुक्तद्वय पुर्पक्षका लागि थुनामा

काठमाडौ भाद्र ५ ,

जिल्ला अदालत काठमाडौँले स्थानीय बाफलकी एक युवतीमाथि तेजाब आक्रमण गर्ने अभियुक्तद्वयलाई पुर्पक्षका थुनामा पठाउने आदेश जारी गरेको छ । न्यायाधीश कृष्णजङ्ग शाहको आजको इजलासले तेजाब आक्रमण गर्ने भनिएका मोहम्मद आलम र फैयाज आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

आदेशमा तेजाब पीडित ओखलढुङ्गाकी पवित्रा कार्कीलाई पीडित राहत कोषबाट रु दुई लाख राहत दिनसमेत भनिएको छ । अभियुक्तलाई गत साउन ८ गते कार्कीलाई काठमाडौँको बाफलमा सँगै खाजा खान बोलाएर तेजाब प्रहार गरी गम्भीर घाइते बनाएको अभियोग लागेको छ । कार्कीको हाल उपचार भइरहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु