शुक्रबार, चैत्र १६, २०८०

मप बैठकको निर्णय सार्वजनिक: भारतबाट नेपाल प्रवेश अव १० वटा सीमा नाकाबाटमात्रै

र्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै राख्ने निर्णय

काठमाडौं साउन २७,

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकको विभिन्न मन्त्रालयको विषयथत प्रस्ताव सहितका १२ बुँदे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले भारतबाट नेपाल आउनै पर्ने नेपालीको लागि यसअघि भारतको २० वटा सीमा नाकाबाट प्रवेश अनुमति दिएकोमा अहिले घटाएर १० वटा सीमा नाका क्रमस झापाको  काँडडभिट्टा, मोरङको रानी , सिरहाको मार्डर नाका , रौतहटको गौर नाका, पर्साको वीरगन्ज, रुपन्दहीको बेहलिया, कपिलवस्तुको कृष्णनर, बाँके जमुनाहा, कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्रै कायम गरिएको जानकारी दिनुभएको छ।

त्यस्तै बैठकलेकोभिडको जोखिम कायमनै रहेका कारण अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै राख्ने निर्णय भएको जानकारीदिदै उहाँँले  शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द राख्ने निर्णय भएको बताउनुभयो ।

त्यस्तै गरि नेपाल प्रवेश गर्ने सबै अन्तर्राष्ट्रि प्रवेश बिन्दु तथा सीमानाका आगामी भदौ ३१ गतेसम्मका लागि बन्द गरिएको छ । यसअघि सरकारले साउन ३१ सम्म यो कायम हुनेगरी निर्णय गरेकोमा अहिले फेरि समय बढाएर भाद्र ३१ सम्म बडाईएको र होटल तथा रेष्टुरेन्टमा बसेर खान नपाइने नियम पुन :लागू गरेको छ। साउन १५ देखि रेष्टुरेन्टमा बसेर खान पनि पाइने नियम लागू भएकोमा र कोभिड महामारी बढेकोले फेरि टेक अवेमात्रै गर्न मिल्ने बनाइएको जानकारी दिनुभयो

बैठकको थप निर्णय हेर्नको लागि यहाँ क्लिक गर्नुहोला

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।