बुधबार, बैशाख १२, २०८१

मन्त्रालयले भन्यो-रहर पूरा गर्ने नाममा पिसीआर परीक्षणका लागि अनावश्यक दवाव दिने प्रवृतिमा विराम लगाऔं

काठमाडौ भाद्र १३,

पछिल्लो समय करले भन्दा पनि रहले कोभिड परीक्षणका लागि विभिन्न कोणबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अनेकन सिफरिस आने क्रमबढेसंगै मन्त्रालयले प्रष्ट शब्दमा पिसीआर परीक्षणका लागि भनसुन र अनावश्यक दवाव नदिन आग्रह गरेको छ ।

त्यस्तै मन्त्तालयले जोखिम र सङ्क्रमणको सम्भावना भएका व्यक्तिलाई विना भनसुन निर्वाद रुपमा पिसीआर परीक्षण गर्दै आएको आजको मिति सम्म छ लाख ६९ हजार ६२६ जनाको पिसीआर परीक्षण गरिसकेको अवस्था जगजाहेर भएको जनाएको छ ।

साथै मन्त्रालयले व्यक्तिले रहरले पिसीआर परीक्षण गर्दा परीक्षण् को क्रममा प्रयोग हुने र्ने उपकरण र रिएजेन्टको खपट बढ्नुको अलावा परीक्षण गर्ने पर्ने व्यक्ति समेत परीक्षणको दायराबाट वाहिरिने बताए ।

त्यसअर्थमा मन्त्रालयले शङ्कास्पद र जोखिमका रहेका शङ्कास्पद बिरामी, कन्याट्याक्ट ट्रेसिङमा परेका मानिस, निश्चित समुदायमा नमूना परीक्षणका लागि तोकिएका व्यक्तिलाई निःशुल्क परीक्षण सरकारले गर्दै आइरहेको जनाउ दिएका छन । साथै पिसीआर परीक्षण आफूखुशी गर्न चाहनेले सःशुल्क गर्ने व्यवस्था सरकारले मिलाएको समेत बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।