बिहिबार, बैशाख १३, २०८१

मतदाताको व्यक्तिगत विवरण उपलब्ध गराउन आयोगद्दारा अस्वीकार

काठमाडौं भाद्र ८,

निर्वाचन आयोगले नेपाल सरकार र सम्बन्धित व्यक्तिबाहेक मतदाताको व्यक्तिगत विवरण उपलब्ध गराउन अस्वीकार गरेको छ । अनुसन्धानलागि भन्दै प्रहरी र प्रशासनलगायत निकायबाटै समेत फलानो ढिस्काने व्यक्तिको विवरण आवश्यक परेको जनाउ सहित माग गर्नेक्रम बढेसंगै आयोगले निर्वाचन प्रयोजनका लागि सङ्कलन गरिएको विवरण अन्य प्रयोजनका लागि उपलब्ध गराउन नमिल्ने भन्दै विवणर दिन अस्वीकार गरेको हो ।

त्यस्तै आगोगले संकलन गरेको विवरण यदि सरकारबाट माग भएको अवस्थामा मात्र मतदाताको विवरण उपलब्ध गराउन सकिने तर अन्य निकायले माग गरेको अवस्थामा विवरण उपलब्ध गराउनु मतदाता नामावली ऐनको समेत वर्खिलाप हुने जनाउ दिदै आयोगले विवरण उपलब्ध गराउन नसक्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभएको छ ।

आयोगमा निर्वाचन प्रयोजनका लागि सङ्कलित १ करोड ५४ लाख २७ हजार ९३८ मतदाताको व्यक्तिगत विवरणको अभिलेख सुरक्षित रहेको अवस्था छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।