बिहिबार, बैशाख १३, २०८१

बैतडीमा कोभिडको संक्रमण बढेसंगै आज मध्यरात्रीबाट निषेधाज्ञा जारी

काठमाडौं भाद्र ८ ,

बढ्दो  कोभिड संक्रमणको जोखिम संगै जिल्ला प्रशासन कार्यालय बैतडीको जिल्ल सुरक्षा समितिको बैठकले जोखिम न्यूनिकरणका लागि जिल्लामा सोमबार मध्यरात्रीबाट आगामी भाद्र   १४ गते मध्यरात्री सम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

जिल्लामा बढ्दो संक्रमितसंगै स्थानीय गौरपर्व समेत शुरु भएको र यसवीचमा हुन सक्ने भीडभाडका कारण थप संक्रमण फैलिने अवस्थालाइ दृष्टिगत गर्दै प्रशासनल निषेधाज्ञा जारी गरेको हो सूचनामा उल्लेख गरिएको छ ।
त्यस्तै सूचनामा सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरेको उल्ल्ेख गर्दै प्रशासनल जारी गरिएको आदेशमा अत्यावश्यक सेवा तथा वस्तुबाहेक सबै प्रकारका उद्योग, व्यापार व्यवसाय बन्द गरिने उल्लेख गरिएको छ ।

यस्तै अत्यावश्यक कामबाहेक कसैले बाहिर हिँडडुल गर्न नपाइने छैन भने बाहिर निस्कनु परेमा अनिवार्यरूपमा मास्कको प्रयोग गरेर मात्रै निस्कनु पर्ने र अत्यावश्यक सामग्री ढुवानी गर्ने, एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनमा रोक लगाइने आदेशमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।