शुक्रबार, चैत्र १६, २०८०

पिताप्रति सम्मानभाव सहित कुशे औँशी पर्व मनाइदै

काठमाडौ भाद्र ३ ,

आज भाद्र कृष्ण औँसी अर्थात आजको दिन मनाइने कुशे औँशी पर्व देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने भगवान् विष्णुको प्रतीकका रुपमा रहेको कुस घर–घरमा भित्र्यानुको अलावा जन्म दिने पिताप्रति सम्मानभाव प्रकट गर्दै मनाइदै छ ।

यसैवीच आजकै दिन पितृदेवो भव’ भन्ने धार्मिक मान्यता अनुसार आ–आफ्ना पिताजीलाइ लाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने प्रचलन अन्रुप पिताप्रति सम्मानभाव समेत प्रकट गर्ने गर्दछन् ।

तर पिताजी नहुनेहरुले भने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । यस क्रममा विशेषगरी गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्ड तथा सिदादानका लागि विशेष मेला लाग्ने गर्दछ । तर विश्वव्यापी कोचिड संक्रमणको उच्च जोखिमका कारण प्रस्तुत पर्वको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसर सुनसान रहेको थियो ।