बिहिबार, बैशाख ६, २०८१

नेपाली सेनाले खरिद गर्ने भनिएका ५३ प्रकारका औषधि खरिद प्रक्रियामा लाग्यो विराम

काठमाडौ साउन २५ ,
नेपाली सेना मार्फत खरिद गर्ने भनिएका ५३ प्रकारका औषधि खरिद प्रक्रियामा विराम लागेको छ । भारतबाट सहज रूपमा औषधि आउन थालेसंगै खरिद प्रक्रिया अगाडि बढ्न नसकेको कारण भारतसँग औषधि खरिद प्रक्रियामा विराम लागेको समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवको वाइलाइनमा प्रकाशित रहेको छ ।

यसअघि कोभिड सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचारमा आवश्यक पर्ने दुई करोड २५ लाख रुपियाँको औषधि भारतसँग खरिद गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको थियो ।त्यस्तै समाचारमा नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले खरिद प्रक्रिया अगाडि बढ्न नसकेको तर कोभिड नियन्त्रण तथा उपचार गर्न आवश्यक पर्न सक्ने औषधि लगायतका स्वास्थ्य सामग्रीको सहज आपूर्ति हुन थालेपछि भारतसँग औषधि खरिद प्रक्रिया बन्द भएको जानकारी दिए ।

उनले अहिले भारत सँगको औषधि खरिद प्रक्रिया टुङ्गिएको भन्नुपर्छ । फेरि आवश्यक परेको अवस्थामा फेरि प्रक्रिया अगाडि बढाउने छौँ । अहिलेलाई आवश्यकता देखिएन र अलिकति भुक्तानीको समेत समस्या आएको हुनाले अहिले यो प्रक्रिया नै बन्द गरिएको छ भने ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।