बुधबार, बैशाख १२, २०८१

नेपाली सञ्चार क्षेत्र कोभिडको उच्च जोखिममा, ३ दर्जन भन्दा बढि पत्रकारलाई संक्रमण

काठमाडौं भाद्र ८,

विश्वव्यापी महामारी कोभिड १९ को संक्रमण पछिल्ला दिनहरुमा नेपालमा पनि तीब्र गतिमा फैलिदै गइरहेको छ । महामारीको यो जटिल परिस्थितिमा संक्रमणको दर वृद्धि भएसंगै नेपाली सञ्चार क्षेत्रमा उच्च जोखिम मोलेर समाचार संकलन तथा सम्प्रेषण गरिरहेका सञ्चारकर्मीहरूमा समेत संक्रमण देखिने क्रम बढेको नेपाल पत्रकार महासंघले जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले आज जारी गरेको विज्ञप्तिमा हालसम्म देशभर कम्तीमा ३ दर्जन सञ्चारकर्मी संक्रमित भइसकेका छन् । यसरी संक्रमित हुनेमा विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सन रहेको जनाएको छ । त्यस्तै विज्ञप्तिमा महासंघले संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

साथै महामारीको यो समयमा संक्रमणबाट जोगिन आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न तमाम सञ्चारकर्मीमा अपिल गर्नुको अलावा सञ्चार प्रतिष्ठानले पनि अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा फिल्डमा खटिने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्रीको प्रयोग संगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।