बिहिबार, बैशाख ६, २०८१

नेपालको ऊर्जा उत्पादन र वितरणमा अग्रणी संस्था ने.वि. प्रा.स्थापनाकालको ३५ औं वर्षमा

आव ०७४/७५ मा दुई अर्ब ८५ करोड, आव ०७५/७६ मा नौ अर्ब ८१ करोड र आव ०७६/७७ मा हालसम्मकै उच्च ११ अर्ब पाँच करोड रुपियाँ नाफा कमाउन सफल

काठमाडौं भाद्र १,

नेपाल विद्युत् प्राधिकरण सोमबारदेखि स्थापनाको ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गरेको छ । नेपालको ऊर्जा उत्पादन र वितरणमा अग्रणी संस्था सन् २०२३ सम्ममा सम्पूर्ण नेपालीको घरधुरीमा विद्युत् पुयाउने लक्ष्यका साथ प्राधिकरण अगाडि बढिरहेको छ ।  विगतमा घाटामा रहँदै आएको प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ देखि नाफा गर्न सुरु गरेको हो ।

त्यसपछि क्रमशः नाफा वृद्धि गर्दै आएको छ । त्यसअनुसार आव २०७४/७५ मा दुई अर्ब ८५ करोड, आव २०७५/७६ मा नौ अर्ब ८१ करोड र आव ०७६/७७ मा हालसम्मकै उच्च ११ अर्ब पाँच करोड रुपियाँ नाफामा रहेको छ । त्यस्तै आव २०७५/७६ मा प्रणाली चुहावट १५.३२ प्रतिशत रहेकोमा कोभिड–१९ बाट उत्पन्न प्रतिकूल परिस्थिति रहे पनि आव २०७६/७७ मा प्रणाली चुहावटलाई १५.२७ प्रतिशतमा सीमित राख्न सकिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उल्लेख गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई कार्यरूप दिन विकासमा अन्य आयामको संवाहकका रूपमा प्राधिकरणको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन् ।  ३५औँ वर्ष प्रवेशका अवसरमा शुभकामना दिँदै मन्त्री पुनले स्वदेशी विद्युत् उत्पादन वृद्धि, माग र आपूर्ति व्यवस्थापन तथा व्यापारिक चुहावट न्यूनीकरणमा लाग्न निर्देशन दिएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।