शुक्रबार, चैत्र १६, २०८०

नेकपाका अध्यक्षद्दयमध्ये प्र.म.ओली कोभिड संक्रमितको क्लोज कन्ट्याकमा, अर्का अध्यक्ष प्रचण्डको रिपोर्ट नेगेटिभ

काठमाडौं साउन २२ ,

सत्तारुढ नेकपाका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री प्रचण्ड सहित परिवारका सदस्य एवं सचिवालयका सदस्यको कोभिड परीक्षण रिपोर्ट ‘नेगेटिभ’ देखिएपनि सत्तासिन दलका अर्का अध्यक्ष एवम प्रधानमन्त्री केपी ओली भने क्लोज कन्ट्याक्ट’को सूचीमा परेका छन् ।

गत साउन १४ गते प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाइ कोभिड संक्रमण पुष्टिभएसंगै प्रधानमन्त्री केपी ओली संक्रमितको क्लोज कन्ट्याक्ट को सूचीमा परेको हो । मन्त्री यादव प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन काठमाडौं आएको समयमा मन्त्री यादव बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए ।

मन्त्री यादवलले काठमाडौंबाट जिल्ला फर्के लगत्तै जनकपुरमा कोभिड परीक्षण गराउदा उनलाइ संक्रमण पुष्टि भएको हो । त्यसअर्थमा मन्त्री यादवलाइ काठमाडौं आउदै गर्दा र प्रम ओलीसंग भेटवार्ता गर्दै गर्दा संक्रमण भइसकेको अवस्था हुन सक्ने भन्दै प्रम ओली संक्रमितको क्लोज कन्ट्याक्टको सूचीमा रहेको आशंका गरिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।