बिहिबार, बैशाख १३, २०८१

नुवाकोटमा जारी निषेधाज्ञा थप एक साताको लागि थपियो

काठमाडौं भाद्र ३,
जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको बैठकल कोभिड–१९ को सङ्क्रमण रोक्न नुवाकोटमा जारी रहेको निषेधाज्ञा थप एक साताका निरन्तरात दिईएको छ । गत साउन २५ गतेदेखि १० दिनका लागि थानीय प्रशासन ऐन र सङ्क्रामक रोग ऐनअनुसार जारी गरिएको निषेधाज्ञा नुवाकोट जिल्लाको विदुर र बेलकोटगढी नगरपालिकासहित लिखु, सूर्यगढी, दुप्चेश्वर, पञ्चकन्या र शिवपुरी गाउँपालिकाको सबै स्थानमा त्यस्तै तादी गाउँपालिकाको वडा नं २, ३, ४ र ५, तारकेश्वर गाउँपालिकाको वडा नं २, ४, ५ र ६ र ककनी गाउँपालिकाको पासाङ ल्हामु राजमार्ग आसपासमा पर्ने वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ ।

निषेधाज्ञा जारी भएका क्षेत्रमा औषधि उपचार, खाद्यवस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य काम गर्नलगायत अति आवश्यक कामका लागिबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने, एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शव वाहन, फोहर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने साधन तथा अनुमति प्राप्त सवारी साधनबाहेक अन्यलाई चल्न नपाउने व्यवस्था गरिएको छ ।

अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने खाद्यान्न पसल, पेट्रोल पम्प, ग्यास डिपो, औषधि पसलबाहेकका अन्य पसल, उद्योग, व्यवसाय सञ्चालन गर्न नपाउने भनिएको छ । खाद्यान्न पसलसमेत बिहान ६ बजेदेखि १० बजेसम्म दैनिक चार घण्टा मात्र खोल्न दिने निर्णय बैठकले गरिएको छ । निषेधाज्ञा तोकिएको क्षेत्रमा स्वास्थ्य संस्था र अत्यावश्यक सेवा प्रवाहका कार्यालय खुल्न पाउने छन् भने बैंक, वित्तीय संस्था, सहकारी संस्थासहित सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयको सेवा बन्द गर्न भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।