शुक्रबार, बैशाख ७, २०८१

निषेधाज्ञा कार्यान्वयनका लागि उपत्यकामा ५ हजार सुरक्षाकर्मी परिचालित

काठमाडौ भाद्र ५ ,
काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या रफ्तारमा बढेसंगै जारी गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन उपत्यकाका सडकमा करिब ५ हजार सुरक्षाकर्मी परिचालित गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लामा गरी निषेधाज्ञामा कडाइ गर्न भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब ५ हजार सुरक्षाकर्मी खटाइएको हो ।
त्यस्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले नियमित ड्युटीबाहेक उपत्यकाका सडकमा नेपाल प्रहरी तर्फबाट मात्रै ३ हजार ३ सय सुरक्षाकर्मी र सशस्त्र प्रहरीको तर्फबाट तीनै जिल्लामा गरी १ हजार ५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाएको हो ।

त्यस्तै बिहीबार काठमाडौंमा ५ सय ८१ , ललितपुरमा १ हजार २ सय १० र भक्तपुरमा ५ सय ३५ जनालाई निषेधाज्ञा उल्लंघन गरेको भन्दै सडकमा होल्ड गराइएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु